Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सर्लाही–२ मा महेन्द्र यादव र राजेन्द्र महतोको पुनः चुनावी प्रतिस्पर्धा हुने सङ्केत

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ फेरि चर्चामा आएको छ, जहाँ दुई अनुभवी नेता महेन्द्र राय यादव र राजेन्द्र महतोबीच प्रतिष्पर्धा देखिएको छ।

राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका अध्यक्ष राजेन्द्र महतो र नेपाली कम्युनिस्ट पार्टीका नेता महेन्द्र यादवबीच यसअघि पनि प्रतियोगिता भइसकेको छ, जसमा यादव विजयी भएका थिए।

महतोले यस क्षेत्रबाट पुनः उम्मेदवारी दिने निर्णय गर्नुका साथै सक्रिय रूपमा चुनावी अभियान समेत सञ्चालन गरिरहेका छन्।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा दुबै उम्मेदवार सर्लाही–५ मा आमनेसामने भएका थिए, जहाँ यादवले २,७८४ मतको अग्रता हासिल गर्दै महतोलाई हराएका थिए। त्यसपछि, २०७४ मा महतो धनुषा–३ बाट निर्वाचित भए भने २०७९ मा उनी फेरि सर्लाही–२ मा यादवसँग भिडेका थिए, र यादवले यसपटक २,०११ मतले जितेका थिए।

२०७९ को चुनावमा सर्लाही–२ मा यादवले २३,५२९ मत ल्याएर विजय हात पारेका थिए भने महतो २१,५१८ मतमै सीमित भएका थिए। आगामी निर्वाचनमा पनि यी दुईवीच प्रतिस्पर्धाको सम्भावना बलियो बनेको छ।

यस सम्बन्धमा नेकपा नेता यादवले आफू सर्लाही–२ बाट उम्मेदवारी दिने चाहना रहेको भनेका छन्, यद्यपि अन्तिम निर्णय पार्टीकै हुने बताए।

त्यस्तै, पार्टीको निर्णय नआएसम्म यादवलाई सर्लाही–१ को सम्भावित उम्मेदवारका रूपमा पनि चर्चा गरिँदै आएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्