Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सात वर्षपछि इङ्ल्यान्डको टोलीमा फर्किए डोमिनिक

काठमाडौं। टोटनह्याम हटस्परका स्ट्राइकर डोमिनिक सोलान्केलाई सात वर्षपछि इङ्ल्यान्डको टोलीमा समेटिएको छ।

अन्तरिम प्रशिक्षक ली कार्स्लेले शुक्रबार ग्रीस र फिनल्यान्डविरुद्ध अर्को साता हुने नेसन्स लिग खेलका लागि उनलाई समावेश गरेका हुन्।

सन् २०१७ मा ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेलमा उनले इङ्ल्यान्डको टोलीमा डेब्यु गरेका थिए। सोलान्केले टोटनह्यामका लागि पछिल्ला तीन खेलमा गोल गरेका छन्। अगस्टमा बोर्नमाउथबाट ६ करोड ५० लाख पाउन्ड ९८ करोड ५२ लाख ५० हजार अमेरिकी डलर०मा उनी टोटनह्याम गएका थिए।

सोलान्के चोटका कारण कार्स्लेको पहिलो टोलीमा छनोटका लागि उपलब्ध थिएनन्। तर, त्यसपछि उनी राम्रो फर्ममा छन्। उनीसँग विगतमा काम गरेको छु। उनी वास्तवमा अन्तिम टोलीमा हुने नजिक थिए। छनोट हुनुभन्दा ठीक अघि घाइते भए, प्रशिक्षक कार्स्लेले भने।

 

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्