साफ फुटसल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीका लागि मुख्य प्रशिक्षक अनिल गुरुङले १७ खेलाडीलाई बन्द प्रशिक्षणमा आव्हान गरेका छन्। बुधबार राजधानीमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको नामावली सार्वजनिक गर्दै चैत २ गतेदेखि बन्द प्रशिक्षण सुरु हुने जनाएको छ।
थाइल्यान्डमा आगामी जनवरी १३ देखि २६ सम्म आयोजना हुने प्रतियोगितामा साफ क्षेत्रका सातै राष्ट्रको सहभागिता रहनेछ। यसअघि राष्ट्रिय टिम छनोटका लागि एन्फाले मंसिर २८ गतेदेखि प्रक्रिया अघि बढाएको थियो।
बन्द प्रशिक्षणमा बोलाइएको टोलीमा गोलकिपर अमित तामाङ, आशिष डंगाल, पदम तामाङ, दिपेश श्रेष्ठ रहेका छन्। त्यस्तै विशाल सारुमगर, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्तनरसिंह राना, जेनिस प्रजापति, लाक्पा लामा, मनीष सेडाईं, पेम्बा दोर्जे लामा, प्रज्ज्वल शाही, सञ्जय स्याङताङ, सरोज तामाङ, सुवेत लामा तथा सुरज गुरुङको समेत समावेश गरिएको छ।


