Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सिद्धान्त र विचारमा फर्किए मात्र एमालेले पुरानो गौरव पुनः प्राप्त गर्न सक्छ

चाणक्यले राजनीतिज्ञमा चतुरता, विवेक, गोप्यता र संकटको पूर्वानुमान गर्न सक्ने कूटनीतिक क्षमता आवश्यक भएको बताएका छन्। हाम्रो समाजमा पनि चाणक्यको नीतिसँग मेल खाने व्यवहार देखिन्छ—संकटको संकेत देख्दा सजग भइरहने, परिस्थिति बुझ्न तन्किएर हेर्ने र लाज पचाउने कला। यस्तो सजगता नेपाली राजनीतिमा आवश्यक छ।

राजनीतिकर्मी र राजनीतिज्ञ शब्द सुनिँदा समान लागे पनि भिन्न अर्थ छन्। राजनीतिकर्मी पार्टी वा दलका सेवक हुन् भने राजनीतिज्ञ राष्ट्रका सेवक हुन्। राजनीतिकर्मी नेताको आदेशमा चल्छन्, तर राजनीतिज्ञ विवेक र नीति अनुसार अघि बढ्छन्। नेपालमा राजनीतिकर्मीको संख्या बढी छ; उनीहरूको सक्रियता पार्टीको हितमा सीमित देखिन्छ।

तर, यस्ता राजनीतिकर्मी राष्ट्रिय नीति निर्माणमा प्रभावशाली देखिँदैनन्। विश्वमा लेनिन, माओ, गान्धी, मण्डेला जस्ता विचारवान राजनीतिज्ञले नै इतिहास बनाएका छन्। नेपालमा बीपी कोइराला, गणेशमान, मदन भण्डारीले नेतृत्व, विचार र नैतिकताको आधारमा परिवर्तन ल्याए। आजको विश्वमा अलेक्ज्याण्डर दुग्गिनजस्ता दार्शनिक राजनीतिज्ञको सोच र रणनीतिले अन्तर्राष्ट्रिय राजनीति प्रभावित बनाएको छ।

जनता अब पहिलेभन्दा बढी सचेत भएका छन्। नेताको भाषणभन्दा व्यवहार र चरित्रलाई विश्वास गर्छन्। ज्ञान, सादगी, पारदर्शिता र सेवा भाव भएका नेता तथा कार्यकर्ता एमालेलाई जनताको मनमा पुनः स्थापित गर्न सक्ने मूल गुण हुन्।

दक्षिण एसियाली मोडलमा राजनीतिलाई पेशा बनाउने अधिकांशले बुझ्नुपर्ने कुरा के हो भने, राजनीति सत्ताको खेल मात्र होइन, जनविश्वास जित्ने कला हो। कुनै समय एमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनविश्वासको प्रतीक थियो, यसको मूल कारण वैचारिक स्पष्टता थियो। मदन भण्डारीको मन्तव्यले साम्राज्यवादी मुलुकलाई पनि चकित पारेको थियो। जनताको अधिकारका लागि संसद् र सडकमा लड्ने पार्टीका रूपमा एमालेले स्वर्णिम इतिहास बनाएको छ।

तर, आजको एमाले दिशाविहीन देखिन्छ। नयाँ दृष्टिकोण दिन नसक्नु, सत्ता र स्वार्थको द्वन्द्व, भित्री असन्तुष्टि व्यवस्थापन गर्न नसक्नुले पार्टी कमजोर भएको छ। असन्तुष्टिहरू समयमै व्यवस्थापन गर्न नसक्दा, स्पष्ट नीति र विचारको अभावमा पार्टी सत्ताबाट च्युत हुन पुग्यो।

अहिले एमालेमा राजनीतिज्ञभन्दा स्वार्थमा केन्द्रित राजनीतिकर्मीको भीड छ। यही कारणले पार्टी सैद्धान्तिक दिशाबाट विचलित भएको छ। एमालेले पुरानो गौरव फर्काउन नेतृत्वमा परिवर्तन, सशक्त मार्गदर्शन र परीक्षण भएर आएका नेतालाई सम्मानजनक बिदाइ आवश्यक छ।

पार्टीले आत्मा अर्थात् सिद्धान्तमा फर्किनुपर्छ। सिद्धान्त भनेको जनताको उत्तरदायित्व हो। अहिले पार्टीभित्र देखिएको प्रतिस्पर्धा विचारको होइन, पदको हो। नेता तथा कार्यकर्ताले सेवा र प्रतिबद्धतालाई प्राथमिकता दिए जनताको मन जित्न सकिन्छ। गुट र तुष हटाएर सुन्दर एमाले निर्माण गर्नुपर्छ।

राजनीतिकर्मी र राजनीतिज्ञबीचको भिन्नता बुझ्न जरुरी छ। राजनीतिकर्मी पार्टीका सेवक हुन्, राजनीतिज्ञ राष्ट्रका। एमालेको पुनर्जागरण आन्तरिक लोकतन्त्रबाट सुरु हुनुपर्छ। असहमति र आलोचनालाई दबाएर सशक्त एकता जन्माउँदैन। बहस, संवाद र विचारको स्वतन्त्रता नै संगठन सशक्तीकरणको आधार हो।

अब विचारको आधारमा निर्णय गर्ने संस्कार बसाल्नुपर्छ। जनताको आवश्यकता पूरा गर्ने कार्यक्रम ल्याउन सक्नुपर्छ। हावादारी घोषणापत्र भन्दा जनतालाई प्रत्यक्ष लाभ दिने योजनामा ध्यान दिनुपर्छ।

जनता सचेत भएका छन्; भाषणमा होइन, चरित्रमा विश्वास गर्छन्। ज्ञान, सादगी, पारदर्शिता र सेवा भाव भएका नेता तथा कार्यकर्ता भए एमाले जनताको मनमा पुनः बस्न सक्छ।

यदि एमालेका नेता तथा कार्यकर्ता सिद्धान्तमा उभिएर सेवा भावमा फर्किन्छन् भने एमाले पुनः जनताको विश्वासिलो र अभिभावक पार्टी बन्न सक्छ। विचार, इमानदारी र जनसेवामा पार्टी फर्किन सके कसैले एमालेको पुनरुत्थान रोक्न सक्दैन।

(लेखक एमाले, सर्लाहीका पूर्वउपसचिव हुन् ।)

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्