नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को आफ्नो वार्षिक क्रिकेट क्यालेन्डर औपचारिक रुपमा सार्वजनिक गरेको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत क्यानले आगामी वर्षका महत्वपूर्ण प्रतियोगिताहरू समेटिएको क्यालेन्डर सार्वजनिक गरेको हो।
नयाँ क्यालेन्डरअनुसार नेपालमा आगामी वर्ष २८ वटा घरेलु प्रतियोगिता आयोजना गरिनेछ भने, नेपाली महिला तथा पुरुष क्रिकेट टोली ३२ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन्।
यस सिजनमा नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोटको आयोजना गर्नेछ भने पुरुष टोली टी–२० विश्वकपमा सहभागिता जनाउने निश्चित भएको छ।
यस्तो छ तालिका



