Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

रसुवामा बेपत्ता दुई युवकको शव खोलामा भेटियो, मोटरसाइकल दुर्घटनाको आशंका

तीन दिनदेखि सम्पर्कविहीन रहेका रसुवा जिल्लाका दुई युवकको शव गोसाइँकुण्ड गाउँपालिका–६ स्थित सोले खोलामा फेला परेको छ। भदौ १५ गतेदेखि हराइरहेका २४ वर्षीय सुदीप घले र २३ वर्षीय दावा डेन्डुप तामाङ मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

परिवारले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि अनुसन्धान सुरु भएको थियो। प्रहरीले धुन्चेस्थित श्रीनाथ गणको सीसीटीभी फुटेजमा भदौ १५ गते राति करिब १० बजे घले र तामाङ मोटरसाइकलमा धुन्चेबाट ठाडेतर्फ जाँदै गरेको देखिएको पुष्टि गरेको छ।

त्यसपछि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य अघि बढाएको थियो। खोजीका क्रममा सोले खोलामा मोटरसाइकल खसेको अवस्थामा दुईजनाको शव भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

घटनास्थलको अवलोकन गर्दा मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खसेको पाइएको छ। प्रारम्भिक अनुसन्धानमा सवारी दुर्घटनाकै कारण उनीहरूको मृत्यु भएको देखिएको छ। अहिले एक शव रोप रेस्क्यु विधिबाट निकाल्ने प्रयास भइरहेको छ भने अर्को शव पनि खोलामै देखिएको छ। घटनापछि गोसाइँकुण्ड क्षेत्र शोकमा डुबेको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्